देशभर थप ३७४९ जनाको कोरोना पुष्टि, उपत्यकामा १९३५ जना थपिए

३१४ जना संक्रमितको आईसियु र ६८ जनाको भेन्टिलेटरमा

असोज, २९ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५९८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालउले जनाएको छ ।

काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३६ हजार ५३३ छ । तिमध्ये होम आईसोलेसनमा २४ हजार १९४ जना र संस्थागत आईसोलेसनमा १२ हजार ३३९ जना छन् । तिमध्ये ३१४ जना संक्रमितको आईसियु र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।