असोज, २९ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ ।
बितेका २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ।







