असोज ३०, काठमाडौं ।
औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गरेको जानकारी गराएका छन् ।
महानिर्देशक भट्टराई केही समय अघि मात्र ११ औं तहमा बढुवा भएका थिए । यसअघि विभागको महानिर्देशकमा नारायण ढकाल थिए । तर उनको सरुवा विभाग अन्तरगतकै राष्ट्रिय प्रयोगशालामा भएको छ ।







