असोज ३०, काठमाडौं ।
फ्रान्समा बिहीबार २४ घन्टाभित्रमा ३० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । बुधबार २२ हजार पाँच सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि राति कर्फ्यु लगाउने निर्णय गरेको छ । शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्देज गरिएको छ ।
यो बन्देज कम्तिमा पनि चार सातासम्म चल्ने र त्यसपछि अवस्था हेरेर थपिने राष्ट्रपति इम्यानुअल मैक्रोँले जनाएका छन् ।
राष्ट्रपति म्याक्रोँले दैनिक संक्रमितको संख्यालाई ३ हजारभन्दा कम गराउने कोशिस गरिरहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले फ्रान्समा कोरोना संक्रमणबाट मानिसहरुको ज्यान जोगाउन कडा प्रतिबन्ध लगाउन अत्यन्त आवश्यक रहेको बताएको छ । (एजेन्सी)







