काठमाडौँ । ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
संविधान सभा सदस्य श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित
आजको बैठकले पूर्वउपप्रधानमन्त्री एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पनि पारित गरेको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक यही साउन १९ गते मंगलबार दिउँसो १:०० बजे बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्।







