प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।सम्बोधनको तयारी रहेको तर समय निश्चित भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुनसरी र मधेसका विभिन्न जिल्लाहरुमा हिंसात्मक गतिविध बढेको विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।उनले गृहमन्त्री सुधन गुरुङलाई सुनसरी जान निर्देशन दिइसकेका छन् ।

गृहमन्त्री सुनसरी पुगेर त्यहाँको बस्तुस्थिति बुझेसँगै प्रधानमन्त्रीको सम्वोधन आउने उनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।