असाज, ३० काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५३१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी छ ।
काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ । यो कुल संक्रमितको ६९.८ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३७ हजार ३८२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २५ हजार ४६ जना र संस्थागत आईसोलेसनमा १२ हजार ३३६ जना छन् । तिमध्ये ३१५ जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।







