कांग्रेस पूर्वसभापति देउवा २६ साउनमा काठमाडौं उत्रिने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।

हाल हङकङ भ्रमणमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने कार्यक्रम तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।