काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। सूचीअनुसार तरकारी, फलफूल, मसला तथा अन्य कृषि उत्पादनको मूल्य वस्तु र गुणस्तरअनुसार निर्धारण गरिएको छ।
तरकारीतर्फ ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ७०, ठूलो भारतीय गोलभेँडा रु ८०, टनेलको सानो गोलभेँडा रु ४०, रातो आलु (लाम्चो) रु ५१, रातो आलु (गोलो) रु ५२, रातो आलु (मुढे) रु ५२, भारतीय रातो आलु रु ३७, सेतो आलु रु ३५ तथा भारतीय सुकेको प्याज रु ५७ कायम गरिएको छ।
गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) रु ८०, स्थानीय बन्दा रु ४०, स्थानीय काउली रु १००, रातो मूला रु ३०, सेतो मूला (हाइब्रिड) रु ३०, लाम्चो भन्टा रु ५० र डल्लो भन्टा रु ६० निर्धारण गरिएको छ।
यसैगरी बोडी तने रु ९०, मकै बोडी रु १००, घिउ सिमी (लोकल र हाइब्रिड) रु ९०, टाटे सिमी रु १००, भटमासको कोसा रु १००, तीते करेला रु ५०, लौका रु ६०, परवर (लोकल तथा तराई) रु ६०, चिचिण्डो रु ३०, घिरौँला रु ४०, झिगुनी रु ६०, पाकेको फर्सी रु ६०, हरियो फर्सी (डल्लो) रु ६०, भिन्डी रु ६०, सखरखण्ड रु १२०, पिँडालु रु १०० र स्कुस रु ५० प्रतिकिलो तोकिएको छ।
हरियो सागसब्जीतर्फ रायोको साग प्रतिकिलो रु १५०, पालुङ्गो रु २५०, तोरीको साग रु १२०, हरियो प्याज रु १५०, कन्य च्याउ रु ३००, डल्ले च्याउ रु ५००, राजा च्याउ रु ३३० तथा सिताके च्याउ रु १,००० कायम गरिएको छ।
अन्य उत्पादनमध्ये कुरिलो प्रतिकिलो रु ४५०, निगुरो रु १००, ब्रोकाउली रु १२०, चुकन्दर रु ७०, सजीवन रु ३००, रातो बन्दा रु ४०, जिरीको साग रु ४००, सेलरी रु २५०, पार्सले रु १,४००, सौफको साग रु १५०, पुदिना रु ५००, गान्टेमूला रु १५०, इमली रु १८०, तामा रु १६०, तोफु रु १६० तथा गुन्द्रुक रु ३५० प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा प्रतिदर्जन रु ३००, मालभोग केरा रु २००, कागती प्रतिकिलो रु २३०, अनार रु ५००, मालदह आँप रु २८०, चोसा आँप रु २५०, हरियो तरबुजा रु ७०, जुनार रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, स्थानीय काँक्रो रु ५०, हाइब्रिड काँक्रो रु १५, लोकल क्रस काँक्रो रु ४०, रुख कटहर रु ६०, स्थानीय नास्पाती रु ९०, नेपाली मेवा रु ९०, भारतीय मेवा रु १२०, लप्सी रु ६०, अमला रु २८०, एभोकाडो रु ५००, काँचो नरिवल रु ८० तथा हरियो नरिवल रु १७० तोकिएको छ।
मसला तथा अन्य उत्पादनमा नेपाली ड्रागन फ्रुट प्रतिकिलो रु ४००, अदुवा रु २३०, सुकेको खुर्सानी रु ५५०, हरियो खुर्सानी (लाम्चो र माछे) रु ७०, अकबरे खुर्सानी रु २५०, भेडे खुर्सानी रु १००, हरियो लसुन रु १८०, हरियो धनियाँ रु २००, सुकेको चाइनिज लसुन रु २४०, सुकेको नेपाली लसुन रु २००, सुकेको छ्यापी रु २००, सुकेको माछा रु १,०००, ताजा रहु माछा रु ३४०, बचुवा माछा रु ३०० तथा छडी माछा रु ३०० प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।







