सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु दुई लाख ९६ हजार ९०० पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९६ हजार मा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला रु १० ले वृद्धि भई रु चार हजार ५८० कायम भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो।