काठमाडौं ।साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७ सय रुपैयाँ पुगेको छ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँ कायम भएको थियो। यसरी हेर्दा आज सुनको मूल्य प्रतितोला चार हजार ८ सय रुपैयाँले बढेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ५८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६४५ रुपैयाँ पुगेको छ।







