भारत चीन र अमेरिकाका नेपाल स्थित राजदूतलाई अलगअलग भेट्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिहान ११ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरी, चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार अपराह्न ३ बजे भेटवार्ता गर्नेछन्।

भारतीय र चिनियाँ राजदूतसँगको भेटपछि प्रधानमन्त्री शाहले अमेरिका लगायत अन्य देशका राजदूतहरूसँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि शाहले गत चैत १३ गते राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। त्यसक्रममा गत चैत २५ गते भएको भेटमा विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।