झापा।जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसीसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ ।
उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा ६ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन् ।
गत आवमा एक अर्ब ५१ करोड १४ लाख ७८ हजार विनियोजन भएकामा एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।







