काठमाडौं । सरकारले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। गृह मन्त्रालयले बैतडी र संखुवासभाका लागि नयाँ सीडीओ खटाउने निर्णय गरेको हो।
निर्णयअनुसार बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई संखुवासभामा सरुवा गरिएको छ। बैतडीमा उपसचिवस्तरको कर्मचारीलाई सीडीओका रूपमा खटाउने निर्णय भएपछि भट्टराईलाई संखुवासभा पठाइएको हो।
त्यस्तै, बैतडीको नयाँ प्रमुख जिल्ला अधिकारीमा मिना अर्याललाई जिम्मेवारी दिइएको छ। अर्याल यसअघि गृह मन्त्रालयमा कार्यरत थिइन्।
सरकारले प्रशासनिक आवश्यकता र व्यवस्थापनलाई ध्यान दिँदै दुई जिल्लामा सीडीओ परिवर्तन गरेको जनाएको छ।






