काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० ले बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला रु ५० ले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० मा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु चार हजार ७१० कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला रु चार हजार ६६० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







