काठमाडौं । कुखुराको मासुको मूल्य पुनः बढेको छ। भोलि भदौ २ गतेदेखि लागू हुने गरी जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो २६० रुपैयाँ निर्धारण गरिएको छ।
एक साताअघि साउन २६ गते मात्रै प्रतिकिलो १० रुपैयाँ बढाएर जिउँदो ब्रोइलर कुखुराको खरिद मूल्य २५० रुपैयाँ पुर्याइएको थियो। ब्रोइलर कुखुराको मूल्य राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले निर्धारण गर्ने गरेको छ।
किसानसँग प्रत्यक्ष जोडिने कोल्ड स्टोरको खरिद मूल्य निर्धारण गर्दा जिउँदो ब्रोइलर कुखुराको मूल्यलाई आधार बनाउने गरिएको छ। यद्यपि, उपभोक्ताले खरिद गर्दा सामान्यतया ड्रेस्ड ब्रोइलर चिकेन नै खरिद गर्ने प्रचलन छ।
सामान्यतया कोल्ड स्टोरहरूले जिउँदो कुखुराको खरिद मूल्यमा प्रतिकिलो करिब ९५ रुपैयाँ थप गरी उपभोक्तालाई ड्रेस्ड चिकेन बिक्री–वितरण गर्ने गरेका छन्।







