काठमाडौं । नेपाली बजारमा केही दिनयता उकालो लागेको सुनको मूल्य बुधबार ओरालो लागेको छ । मंगलबारस्थित रहेको सुनको मूल्य बुधबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको हो । मंगलबार स्थिर रहँदै सुनको मूल्य ३ लाख ६ हजार ८०० रुपैयाँमा थियो ।
सोमबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको थियो । सोमबारकै मूल्यमै मंगलबार कारोबार भएको थियो ।
आइतबार ३ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य तोला १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोला १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँ पुगेको थियो ।
सोमबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको थियो । आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ थियो ।







