काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २६० रुपैयाँले वृद्धि भएको हो।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ कायम भएको छ।
यसअघि हिजो छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ र चाँदी ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







