राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले आलमगीरलाई नयाँ जिम्मेवारीका लागि शुभकामना दिँदै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत नेपाल र बङ्गलादेशका जनतालाई जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।