काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा माछालगायतका कृषिउपजको मूल्य तोकिएको हो।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकिलो रु ९०, भारतीय ठूलो गोलभेँडा रु १०० तथा लोकल सानो गोलभेँडा रु ५५ निर्धारण गरिएको छ। सानो टनेल गोलभेँडाको मूल्य रु ७३ प्रतिकिलो रहेको छ।
आलुतर्फ रातो लाम्चो आलु प्रतिकिलो रु ५१, रातो गोलो र मुढे आलु रु ५३–५३, भारतीय रातो आलु रु ४० तथा सेतो आलु रु ३८ तोकिएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ।
गाजर लोकलको मूल्य प्रतिकिलो रु १२० र तराईको रु ८० रहेको छ। लोकल बन्दाको रु ४५, स्थानीय काउलीको रु ११०, रातो मूलाको रु ३०, हाइब्रिड सेतो मूलाको रु ३५ तथा लाम्चो र डल्लो भन्टाको क्रमशः रु ३० र रु ६० मूल्य निर्धारण गरिएको छ।
त्यस्तै, बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी रु १२०, लोकल तथा हाइब्रिड घिउ सिमी रु १००, टाटे सिमी रु ८०, भटमास कोसा रु १३० र तीते करेला रु ५० तोकिएको छ। लौका रु ६०, लोकल तथा तराई परवर रु ८०, चिचिण्डो र घिरौँला रु ३०–३०, झिगुनी रु ७० तथा भिन्डी रु ५० प्रतिकिलो रहेको छ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो रु २५०, तोरीको साग रु १०० र हरियो प्याज रु २०० निर्धारण गरिएको छ। कन्य च्याउको मूल्य रु ३००, डल्ले च्याउ रु ५००, राजा च्याउ रु ३३० तथा सिताके च्याउ रु १ हजार प्रतिकिलो रहेको छ।
कुरिलो प्रतिकिलो रु ५००, निउरो रु १००, ब्रोकाउली रु १६०, चुकन्दर रु ७०, सजीवन रु २५० तथा रातो बन्दा रु ५० तोकिएको छ। जिरीको साग र सेलरी प्रतिकिलो रु ५००, पार्सले रु १ हजार ८००, पुदिना रु ७०० तथा गुन्द्रुक रु ३५० निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३५०, नेपाली केरा दर्जनको रु ३००, मालभोग केरा रु २००, कागती रु ३००, अनार रु ३०० तथा मालदह र चोसा आँप क्रमशः रु २८० र रु २५० प्रतिकिलो तोकिएको छ।
तरबुजा प्रतिकिलो रु ६०, जुनार रु २००, भुइँकटहर प्रतिगोटा रु २००, लोकल काँक्रो रु ५०, हाइब्रिड काँक्रो रु २०, लोकलक्रस काँक्रो रु ५० तथा रुखकटहर रु ६० निर्धारण गरिएको छ। लोकल नास्पाती रु ९०, चाइनिज नास्पाती रु २५०, नेपाली मेवा रु ८०, भारतीय मेवा रु १००, लप्सी रु ६० र किबी रु ४०० प्रतिकिलो रहेको छ।
यसैगरी, एभोकाडो प्रतिकिलो रु २५०, अमला रु २००, काँचो नरिवल रु ८०, हरियो नरिवल रु १७० तथा नेपाली ड्रागन फ्रुट रु ५०० तोकिएको छ।
मसलाजन्य वस्तुमा अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी रु ५५०, लाम्चो र बुलेट हरियो खुर्सानी रु ७०–७०, माछे खुर्सानी रु ५० तथा अकबरे खुर्सानी रु ३०० रहेको छ। सुकेको चाइनिज लसुन रु २३०, नेपाली लसुन रु २०० तथा हरियो धनियाँ रु ५०० प्रतिकिलो निर्धारण गरिएको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो रु १ हजार, ताजा रहु रु ३७०, बचुवा रु ३४० र छडी माछा रु ३५० तोकिएको समितिले जनाएको छ।







