काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै, मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो ।
यसअनुसार एक दिनमा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय १ रुपैयाँ कायम भएको छ ।







