प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आकस्मिक बैठक बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विपद्‍को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

रसुवामा आज बिहान गएको बाढीपछि  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । 

बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो । परिषद्को बैठकलगत्तै क्याबिनेट बस्न लागेको हो ।