काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।
नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ जना गरी ४१ सुरक्षाकर्मी बाढीपछि सम्पर्कविहीन भएको जनाइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार अहिलेसम्म ३२ जना प्रहरी सम्पर्कविहीन छन् । केही सुरक्षाकर्मी सम्पर्कमा आउने क्रम जारी रहेको उनले बताए ।
प्रवक्ता काफ्लेले बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा समेत क्षति पुगेको जानकारी दिए ।
यस्तै, सशस्त्र प्रहरीका ९ जना पनि सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीका अनुसार बीओपी टिमुरेमा कार्यरत ९ जना सुरक्षाकर्मी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।







