भोटेकोशी बाढी : नुवाकोट र धादिङमा ७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ।

बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङका विभिन्न स्थानमा गरी ७ जनाको शव फेला परेको हो। उनका अनुसार नुवाकोटमा नदी किनारबाट ३ जना र धादिङमा ४ जनाको शव फेला परेको छ।

‘अहिलेसम्म ७ वटा शव फेला परेको छ,’ रेग्मीले भने।

बाढी प्रभावित क्षेत्रमा घाइते तथा जोखिममा परेकाहरूको उद्धारसँगै फेला परेका शव संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। बाढीमा परी मानिसहरू बेपत्ता भएको सूचना पनि आइरहेकाले उनीहरूको खोजी कार्य जारी रहेको रेग्मीले बताए।