संसदीय समितिका बैठकहरू स्थगित

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि सांसदहरू खोज तथा उद्धार कार्यमा सक्रिय हुनुपर्ने भएपछि बिहीबार तय गरिएका संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।

बिहीबार बिहान १० बजे बस्ने तय भएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित गरिएको छ ।

त्यस्तै, दिउँसो १२ बजेका लागि निर्धारण गरिएको पूर्वाधार विकास समितिको बैठक पनि स्थगित भएको छ ।

यसैगरी, बिहान १० बजे बस्ने तय भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक तथा बिहान साढे ११ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक समेत स्थगित गरिएको छ ।

रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सांसदहरू उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा खटिनुपर्ने भएकाले समितिका बैठकहरू स्थगित गरिएको जनाइएको छ ।