सेनाद्वारा आज मात्रै ६०२ जनाको हवाई उद्धार, त्रिशूलीमा ३३८ को उपचार

 काठमाडौं । नेपाली सेनाले बिहीबार दिउँसो साढे ३ बजेसम्म भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रबाट ६०२ जनाको हवाई उद्धार गरेको छ ।

सेनाका अनुसार जमिनमार्फत थप २०० जनाको समेत उद्धार गरिएको छ । टिमुरे, स्याप्रुवेँशी, धुन्चे, मैलुङलगायत बाढी प्रभावित क्षेत्रबाट ५० विदेशी नागरिकसहित ६०२ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो ।

उद्धार गरिएकाहरूको उपचारका लागि त्रिशूलीमा छाउनी अस्पतालबाट चिकित्सकसहितको मेडिकल टोली परिचालन गरिएको छ । सेनाका अनुसार हालसम्म ३३८ जनाको उपचार भइरहेको छ ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले ड्रोन तथा सैनिक डगसमेत परिचालन गरेको जनाएको छ । उद्धार तथा राहत कार्यमा ४ हजार २ सयभन्दा बढी सैनिक परिचालन गरिएको सेनाले बताएको छ।

785583507_1639503164428447_384517076553675641_n-1787829373.jpg
784074467_27924226027205366_268077595654916942_n-1787829383.jpg