कात्तिक २, कैलाली ।
जिल्लामा गस्ती गएका एक असइको शव भेटिएको छ । उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।
उनीसँगै गस्तीमा रहेका हबल्दार पनि बेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्ती गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।
असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।







