भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ५५३ पुग्यो, २३८१ अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट हालसम्म ५५३ जनाको शव फेला परेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गएरातिसम्म रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।

बाढीमा परी घाइते भएकाहरूलाई विभिन्न स्थानबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९७ जना रहेका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार सर्वसाधारणसहित बाढीमा परी हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायका टोलीले जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।