काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ६६९ जनाको शव शनिबार दिउँसो ४ बजेसम्म फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामध्ये सबैभन्दा धेरै चितवनमा २४८ जनाको शव फेला परेको छ।
यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोमा घाइते भएका २ हजार ३०१ जनाको उद्धार गरिएको छ।
प्रहरीको तथ्यांकअनुसार विपद्मा परी २७ जना प्रहरी अझै हराइरहेका छन्।







