वाशिङ्टन डिसी । अमेरिकाले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विपद्को कठिन समयमा नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै जीवनरक्षक मानवीय सहायता प्रदान गर्न लागेको जनाएको हो ।
विज्ञप्तिअनुसार उक्त सहयोगअन्तर्गत करिब १० हजार बाढीपीडितलाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइनेछ ।







