काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा भोटेकोशी बाढीबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका विषयमा छलफल भएको बताइएको छ ।
भेटमा बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउने र प्रभावितहरूको पुनर्स्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।






