काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि निवेदन दिनुपर्ने भएको छ।
भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि ३५ दिने सूचना जारी गरेको हो।
सूचनाअनुसार २०८३ भदौ १८ गतेदेखि ३५ दिनभित्र सम्बन्धित व्यक्तिले समितिले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आफू बसोबास गर्दै आएको वडा कार्यालयमार्फत निवेदन पेश गर्नुपर्नेछ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका योग्य भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन पेश गर्न आग्रह गरिएको छ।
यो सूचनामार्फत भूमि समस्या समाधान प्रक्रियामा सहभागी हुन चाहने सम्बन्धित वर्गका नागरिकलाई समयमै वडा कार्यालयमा सम्पर्क गरी निवेदन दिन महानगरपालिकाले अनुरोध गरेको छ।







