काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो ।
प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।
बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । यस्तै, हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
बाढीका कारण ५ हजार १३५ जना घाइते भएका छन् । उद्धार तथा खोजी कार्यलाई सम्बन्धित निकायले निरन्तरता दिएका छन् ।






