नुवाकोट– त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन्। सुरुङभित्र फसेका उनीहरूसँग यसअघि उद्धार टोलीले दोहोरो संवादसमेत गर्न सफल भएको थियो।
सुरुङभित्र रहेका व्यक्तिहरू जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाको उद्धार टोलीले उद्धार कार्यलाई थप तीव्र बनाएको थियो। निरन्तरको प्रयासपछि उनीहरूलाई सकुशल बाहिर निकालिएको हो।







