थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु

कात्तिक, २ काठमाडौं । बितेका २४ घण्टाको विवरण अनुसार नेपालमा थप १२ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

त्यस्तै, पछिल्लो विवरण अनुसार नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ८७५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।

काठमाडौंमा १ ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २३२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यो कुल संक्रमितको ६९.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २६ हजार ४०८ जना र संस्थागत आईसोलेसनमा १२ हजार ९३३ जना छन् । तिमध्ये ३०१ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।