घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ मा कारोबार भइरहेको छ । शुक्रबार भने सुनको मूल्य २ हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।