प्रधानमन्त्री बालेनले तीनै सुरक्षा प्रमुखसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बुधबार प्रधानसेनापति अशोक राज सिग्देलसँग छलफल गरिरहेका छन् ।

प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे सुरक्षा निकायबाट विस्तृत जानकारी लिन प्रधानमन्त्रीले छलफल आयोजना गरेका हुन् । भेटमा खोज तथा उद्धार, राहत वितरण, उपचारलगायतका विषयमा ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने बताइएको छ।