संसद्‌मा रविको सम्बोधन, प्रधानमन्त्री पनि पुगे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन्।

प्रतिनिधिसभाको बैठकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन्। लामिछानेले सम्बोधन गर्ने भएपछि प्रधानमन्त्री शाह पनि संसद् बैठकमा पुगेका हुन्।

यसअघि पनि प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने सँगै प्रतिनिधिसभा बैठकमा सहभागी भएका थिए।