धरानमा एक संक्रमितको मृत्यु

कात्तिक ३, धरान ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतकमा सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुष छन् । उनको सोमबार बिहान ३ः०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएका थिए ।