काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनका अनुसार बैठक दिउँसो २ बजेबाट सुरु हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत उपस्थित हुन निर्देशन दिइएको छ।
बैठकमा पार्टीको आगामी महाधिवेशनका विषयमा थप निर्णय हुने बताइएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनको मिति घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
बैठकले महाधिवेशनको मिति, तयारी तथा पछिल्लो राजनीतिक अवस्थाबारे आवश्यक निर्णय गर्ने तयारी गरेको जनाइएको छ।






