प्रधानसेनापति सिग्देल साताव्यापी भ्रमणका लागि आज चीन जाँदै

काठमाडौं ।  प्रधानसेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन्। 

नेपाली सेनाकाप्रवक्ता राजाराम बस्नेतले  प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गरे। प्रधानसेनापति बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।

एक साता लामो भ्रमणका क्रममा दुईपक्षीय सैनिक सम्बन्ध र सहकार्यको विषयमा छलफल हुने भनिएको छ।

यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि सिग्देल रोकिएका थिए।

सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको  सैन्य अभ्यास हुँदै आएको छ।