सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलले जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजना गरेको निःशुल्क बृहत् आँखा शिविरमा १ हजार ४ सय जनाको नेत्र परीक्षण गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–५, मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजित शिविरमा सहभागीको नेत्र परीक्षण गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
शिविरमा १०० जना मोतिबिन्दुका बिरामीको शल्यक्रियासमेत गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए ।
शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।






