भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति

काठमाडौँ — भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीबाट विद्यालयका भवन तथा शैक्षिक सामग्रीमा गरी रु ९३ करोड ७३ लाख बराबरको क्षति भएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनले विद्यालय क्षेत्रमा भएको क्षतिको यस्तो विवरण सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार प्रभावित १८ विद्यालयका ५६ वटा भवनमा क्षति पुगेको छ। ती भवनका १५२ वटा कोठामा आंशिक तथा १५६ वटा कोठामा पूर्ण क्षति भएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका दुई भवनका ११ वटा कोठा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। यहाँ करिब रु ३ करोड ७५ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, रसुवाकै उत्तरगया गाउँपालिकाका तीन विद्यालयका छ वटा भवनका ३६ वटा कोठा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। यसबाट करिब रु १२ करोड २९ लाख बराबरको क्षति भएको छ।

नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा धेरै नौ वटा विद्यालय प्रभावित भएका छन्। ती विद्यालयका ३२ वटा भवनमा क्षति पुगेको छ। क्षतिग्रस्त भवनका ६१ वटा कोठामा आंशिक र ८९ वटा कोठामा पूर्ण क्षति भएको छ। यसबाट रु ३६ करोड ६२ लाख बराबरको क्षति भएको प्रतिवेदनले जनाएको छ।

धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालयमा पनि बाढीले क्षति पुर्‍याएको छ। ती विद्यालयका १० भवनका ७७ वटा कोठामा आंशिक र आठ वटा कोठामा पूर्ण क्षति भएको छ। यसबाट रु १० करोड ६१ लाख बराबरको क्षति भएको छ।

धादिङकै बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका दुई भवनका १२ वटा कोठा पूर्णरूपमा क्ष