कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो गरी साढे ३ बजेबाट सुरु भएको हो।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको थियो।