कात्तिक ३, खोटाङ ।
रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरीब घर परिवारलाई चाड मनाउन राहत सामग्री उपलब्ध गराइएको छ ।
नजिकिँदै गरेको चाड दशैँतिहार तथा छठ पर्व मनाउन गाउँपालिकाले प्रतिघर परिवार ३० किलोग्राम चालम, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराएको हो ।
गाउँपालिकाभित्र बसोबास गर्दै आएका चार सय १५ घर एकल महिला, दलित र गरिब परिवारलाई रु नौ लाख ६३ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । (रासस)







