प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो ।