काठमाडौँ । रसुवा बाढीमा परी घाइते भएका आठ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
शिक्षण अस्पतालका प्रवक्ता तथा वरिष्ठ न्यूरो सर्जन डा. गोपाल सेढाईँका अनुसार बाढीमा घाइते भई अस्पताल ल्याइएका ८३ जनामध्ये आठ जनाको उपचार जारी रहेको छ ।
हाल उपचाररत घाइतेमा मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ र चण्डिका श्रेष्ठ रहेका छन् ।
अस्पतालका अनुसार बाढीपछि उपचारका लागि ल्याइएका घाइतेमध्ये आज बिहानसम्म ६९ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् ।
अस्पतालमा उपचारका लागि ल्याइएका एक जनाको भने उपचारकै क्रममा मृत्यु भएको डा. सेढाईँले जानकारी दिए।






