गगन थापाको व्यंग्य– प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ !

कात्तिक, ३ काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारको उदासिनता प्रति आलोचना गर्दे प्रधानमन्त्रीलाई व्यंग्य गरेका छन् ।

सरकारले कोरोना संक्रमितह जनता स्वयमले उपचार गर्नुपर्ने निर्णयलाई व्यंग्य गर्दै थापाले भनेका छन्– हरेका दिन यस्तो खुद्राखुद्रामा यस्तो निणर्य गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ”