कोरोनाबाट थप १८ जनाको मृत्यु

कात्तिक, ३ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नेपालमा थप ३७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।