उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

कात्तिक, ३ काठमाडौं । पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २००८, भक्तपुरका ९९ र ललितपुरका २८१ जना रहेका छन्।